
काठमाडौं, २४ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ । समूह ‘सी’मा रहेका यी दुवै टिम पहिलो जितको खोजिमा छन् ।
टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनायो ।
पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन ।
कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५ रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच/पाँच रन जोडे ।
युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई/दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।








प्रतिक्रिया