
रूपन्देही, २३ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको बताउनु भएको छ ।
नेकपा एमाले रुपन्देहीको १०औं जिल्लाको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष पौडेलले एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको बताउनु भएको हो ।
संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई स्थापित गर्न जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउनुहुँदै उहाँले सोही अनुसारको भूमिका निर्वाह गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।









प्रतिक्रिया