२२ जेष्ठ २०८३, शुक्रबार

बजेटमा विश्वसनीयता भएन : गगन थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गर्नुभएको हो । उहाँले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गर्नु भएको हो ।

उहाँले बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनीक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले वैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउँछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।