२७ असार २०८३, शनिबार

सभामुख नमानेपछि आजै विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज संसदबाट विश्वासको मत लिनु हुने भएको छ ।

यसअघि विश्वासको मत नपाउने देखेपछि आज विश्वासको मत नलिने निर्णयमा पुग्नु भएका मुख्यमन्त्री यादव सभामुख रामचन्द्र मण्डलले नमानेपछि तयार हुनु भएको हो ।

सभामुख मण्डलले मुख्यमन्त्री यादवको बैठक सार्ने प्रस्ताव अस्वीकार गर्नुभएको हो । अहिले जारी बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित हुनुहुन्छ । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।