२९ जेष्ठ २०८३, शुक्रबार

चाबहिलमा एक पुरुषले आफू, श्रीमती र ३ छोरीलाई लगाए आगो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । काठमाडौंको चाबहिलमा एक व्यक्तिले आफूसहित श्रीमती र तीन छोरीमाथि आगो लगाउनु भएको छ ।

गएराति ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाउनु भएको हो । सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाउनु भएको हो ।

लगत्तै प्रहरीले उनीहरूको घाइते अवस्थामा उद्वार गरेको थियो । जेठी छोरी सुप्रिया र माइली समृद्धीको कीर्तिपुरस्थि बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ भने बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् हुनुहुन्छ ।

सिंहले नशामा मात्तिएर परिवारका सबै सदस्यमाथि आगो लगाउनु भएको बुझिएको छ ।