
काठमाडौं, २२ जेठ । आइसीसी टी-२० विश्वकपअन्तर्गत नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्याण्ड्सको पहिलो विकेट गुमेको छ ।
नेदरल्याण्ड्सका ओपनर माइकल लेविट १ रनमा आउट भएका हुन् । उनलाई नेपालका सोमपाल कामीले दोस्रो ओभरमा आउट गरेका हुन् ।
अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले ३ ओभरमा एक विकेटको क्षतिमा १२ रन जोडेको छ ।








प्रतिक्रिया