७ असार २०८३, आइतबार

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको सामान्य लक्ष्य

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

टी-२० विश्वकपअन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए ।

त्यस्तै, कुशल भुर्तेलले ७, आसिफ शेखले ४, अनिल साहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

त्यस्तै, नेदरल्याण्ड्सका बलर लोगान भान बीक र टिम प्रिंगलले ३/३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २/२ विकेट लिएका थिए ।