८ असार २०८३, सोमबार

प्रदीपको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ ।

दिनेश राउत निर्देशित यो फिल्मले कर्णालीका रहनसहन र जीवनशैलीलाई कथावस्तु बनाएको छ । समीक्षात्मक रुपमा पनि यो फिल्म दर्शक र फिल्मकर्मीले मनपराएका थिए ।

फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ ।

फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।

सन् २०१७ देखि सञ्चालनमा आएको भिडियो पसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत एक गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’लगायतका फिल्म उपलब्ध छन् ।