
टेक्सास, २२ वैशाख । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
नेपालको पहिलो खेल मंगलबार राति ९ः१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ । ‘उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ । हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ । नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शीर थप चुलिने छ । त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु ।’ विष्टले एक अपिल जारी गर्दै भन्नुभएको छ ।
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ । यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो ।
पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ ।













प्रतिक्रिया