२३ असार २०८३, मंगलबार

एमालेले मधेस प्रदेशमा २ लाख सदस्य पुर्‍याउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २१ जेठ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजना र मधेस प्रदेश कमिटीको ब्यवस्थापनमा पार्टीको सदस्यता नवीकरण तथा अनलाइन अभिलेखिकरण बिषयक अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ ।

एमाले स्थायी कमिटिका सदस्य तथा केन्द्रीय संगठन बिभाग प्रमुख काशिनाथ अधिकारिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभाग प्रमुख अधिकारी, संगठन बिभाग सचिब माधब ढुङेल, अब्जल मिँयालगायतले सदस्यता नवीकरण र अनलाइन अभिलेखिकरणका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको सभापतित्वमा, प्रदेश सचिब मनोज पौडेलको सहजिकरण र उपसचिव आरती भण्डारीको स्वागत र महमद कैशले धन्यबाद ब्यक्त गर्नु भएको कार्यक्रममा पोलिटब्युरो सदस्यहरु सुमनराज प्याकुरेल र लिलानाथ श्रेष्ठ सहित मधेस प्रदेशका आठ वटै जिल्ला अध्यक्ष,सचिबसहितको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मधेस प्रदेशमा जेष्ठ महिनालाइ पार्टी सदस्यता नवीकरण र बिस्तारलाइ व्यापक अभियानकारुपमा सन्चालन गर्ने निर्णय गरेको मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले बताउनु भयो ।

कमधेस प्रदेशमा आहिले ६७ हजार ७० पार्टी सदस्य रहेकोमा १ लाख ३६ हजार १ सय ३८ सदस्य थपेर २ लाख ३ हजार २ सय ८ सदस्य पुर्याउने निर्णय गरिएको सचिव पौडेलले जानकारी दिनु भयो ।