
काठमाडौं, २१ जेठ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई आज पक्राउ गरेको हो ।
आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतले आरोप लगाउनु भएको छ ।
थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । बस्नेतका उजुरी पछि ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल पनि पक्राउ परिसक्नु भएको छ ।
निर्देशक थापामाथि थप अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।








प्रतिक्रिया