
काठमाडौं, २१ जेठ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाउनु भएको छ ।
आज प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गर्नु भएको हो ।
उहाँले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्युले पेश गर्नुभएको बजेट एकसुका एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लाग्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।,’
उहाँले बजेटमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको बताउँदै नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया