२५ जेष्ठ २०८३, सोमबार

मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उहाँले ६७ वर्षीया एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

९३ वर्षीय मर्डोकले गत वर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुनुहुन्छ । उहाँको भने यो तेस्रो विवाह हो ।

मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुभएको थियो । एलेनासँग आफ्नो नाम जोडिएपछि उहाँले चौथी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुभएको थियो ।

अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डोक लामो समयदेखि मिडिया व्यवसायमा जोडिनुभएको छ । उहाँको अमेरिकामा फक्स न्यूज र न्युज क्रपमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर कम्पनि हार्पर कोलिन्सलगायतका मिडिया सञ्चालनमा रहनुभएको छ । उहाँले गत वर्ष मात्र न्यूज क्रपको अध्यक्षबाट राजीनामा दिनुभएको थियो ।

उहाँको मोडल जेरी हलसँगको चौथो विवाह छ वर्षपछि २०२२ मा टुंगिएको थियो । उहाँले आफ्नो पहिलो पत्नी एयर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गर्नुभएको थियो, जससँग उहाँको जेठो छोरा प्रुडेन्स रहनुभएको छ ।

१९६७ मा, उहाँले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गर्नुभयो । उहाँसँग तीन छोरा छोरी भएका थिए । उहाँको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो ।

मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गर्नुभएको थियो । मर्डोक र डेङसँग दुई सन्तान छन् । यो जोडी सन् २०१३ मा अलग भएको थियो ।