३ श्रावण २०८३, आइतबार

टी-२० विश्वकपमा आज दुई खेल हुँदै

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदैछ ।

आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।

त्यस्तै, आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्रीलंकाले ५ खेलमा जित हासिल गरेको छ ।