७ असार २०८३, आइतबार

विश्वकप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । विश्वकप फुटबलको छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलकालागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरी लगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको थियो । नेपालले जेठ २४ गते दशरथ रंगशालामा यूएईको सामना गर्ने तय थियो । तर, एसियन फुटबल महासंघ (एएफसी)ले रंगशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो । त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो । यूएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ ।

नेपाली टोली :
गोलकिपरः किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डरः अभिषेक लिम्बू, अनन्ततामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहितचन्द
मिडफिल्डरः भरत खवास,लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्तजिम्बा, आशिष राई
फरवार्ड: जिलेस्पीजंगकार्की, हिसुबथपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी