२३ जेष्ठ २०८३, शनिबार

ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परेकालाई एकदिन स्वयम्सेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

आज गृहमन्त्रीको उक्त निर्णयविरूद्व दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो।