१ असार २०८३, सोमबार

सीबी लामाले पत्रकारलाई भने- राम्रोसँग फोटो खिच्नु, मास्क खोलिदिउँ ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । सहकारी ठगीप्रकरणमापक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिनअघिपक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमाकरिब डेढ अर्ब रुपैयाँठगी गरेको आरोपमा लामा पक्राउ पर्नु भएको हो । लामाले पत्रकारहरुसँग आफूमाथि झुटो आरोप लागेको बताउनुभयो । उहाँले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुप¥यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहिँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्पे्रषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’

केन्द्रीय अनुसन्धान ब्युरोले उहाँमाथि अनुसन्धान गरिरहेको छ । कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामा विरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ ।