
काठमाडौं, २० जेठ । आइसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए ।
त्यस्तै, श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।
यो जितपछि समूह ‘ए’ मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ ।
अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया