
काठमाडौं, २० जेठ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जानुहुने भएको छ । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहनुभएको छ ।
बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताउनुभयो ।
अस्टिनले अमेरिकाले इन्डो(प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गर्नुभएको थियो ।
योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।
जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ ।








प्रतिक्रिया