२० असार २०८३, शनिबार

टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो ।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए । नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो ।

तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे ।

अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो ।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउट पारि खेले ।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए ।