२ असार २०८३, मंगलबार

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २० जेठ । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधिसहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ ।

विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्रीधर शर्मा, राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका महासचिव गोबिन्द घिमिरे, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ लगायतले ट्रफी, मेडल तथा पुरस्कार रकम प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सात प्रदेशसहित विभागबाट आर्मी र एपीएफ गरि १० टिम सहभागी थिए ।

खेलकुदमार्फत पयर्टन क्षेत्रको विकास गर्ने उद्धेश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिनुभयो ।

प्रतियोगितालाई पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघले संयुक्त रुपमा मिलेर आयोजना गरेका हुन् ।