२६ असार २०८३, शुक्रबार

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति लण्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एकएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

कार्भाजालले ७४औं मिनेटमा टोनी क्रुजको सहयोगमा हेडर गोल गर्दै रियलको गोलको खडेरी तोडेका थिए ।

यस्तै, ८३ औं निेटमा जुड बेलिङघमले दिएको पासलाई जुनियरले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए । त्यसपछि थप गोल नभएपछि रियल मड्रिडले च्याम्पियन्स लिगको १५औं उपाधि जित्न सफल भयो ।

सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको जर्मन क्लब डर्टमन्ड भने उपविजेतामा सिमित भयो ।