१ कार्तिक २०८३, शनिबार

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ जेठ । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । ‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।