
काठमाडौं, १८ जेठ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ।
आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो ।












प्रतिक्रिया