३ श्रावण २०८३, आइतबार

विश्वकप क्रिकेट : नेपाली टिममा एक जना चिकित्सक समावेश

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डाक्टर)लाई समावेश गरिएको छ ।

नेपाली टोली डाक्टरविहीन अवस्थामा अमेरिका पुगेको थियो ।

पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो ।

नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्तलाई समावेश गरिएको हो । उहाँ हाल सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहनुभएको छ ।