
काठमाडौं, १८ जेठ । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फिओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।
ओलम्पियाकोसको जितमा खेलको ११६औँ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।
यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।









प्रतिक्रिया