२४ असार २०८३, बुधबार

नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिकाबीचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।

डालासको ग्रान्ड प्रिएरीमा टससमेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो ।

झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुनः वर्षा सुरु भयो । त्यसपछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे ।

अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो ।

दोस्रो पटक आइसीसी विश्वकप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ । नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलंकासँग खेल्ने छ । नेपालले समूह चरणमा बंगलादेश र दक्षिण अफ्रिकासँग वेस्ट इन्डिजमा खेल्ने छ ।

नेपाली टोली : रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल ।