
काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ ।
नेकपा एमाले थाक्रे गाउँपलिकाको दोश्रो पालिका अधिवेशनको उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले ‘कामपन्थी’ एकताको पक्षमा रहेकोले काम गरेर सबैसंग कामको आधारमा एकाता मोर्चा बनाउने बताउनुभएको हो ।
सुतेको दक्षिणपन्थीलाई कोट्याएर, उठाएर स्थापित गराउने खालको कुनैपनि समाजवादी नाम गरेको मोर्चा एमालेको लागि अमान्य भएको उहाँको भनाइ छ । मिसन ८४ मा एमालेले मात्र बहुमत ल्याउने बताउनुहुँदै उहाँले एमालेले बहुमत नल्याएमा देश र जनताको भविश्य बरबाद हुने धारणा राख्नुभयो ।
पार्टी नेतृत्व निर्माण गर्दा जोरबिजोर गर्ने, छिर्के हान्ने प्रवृत्तिको अन्त्य गरेर स्वस्थ रुपमा नेतृत्व निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया