२ असार २०८३, मंगलबार

सन्दीपलाई फेरि अमेरिकाले दिएन भिसा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेकिारले भिसा दिन अस्वीकार गरेको छ ।

टी-ट्वेन्टी विश्वकपका लागि अमेरिका जाने तयारीमा रहनुभएका सन्दीपलाई यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । भिसा दिन अस्वीकार गरेपछि जनस्तरबाट चर्को दवाब साथै सरकारले पनि सन्दीपलाई अमेरिका पठाउन पहल गरेको थियो ।

जसअनुसार सन्दीपलाई आज अमेरिकी दूतावासले अन्तवार्ताका लागि डाकेको थियो । तर यो पटक पनि दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।

योसँगै सन्दीप टी-ट्वेन्टी विश्वकपका लागि अमेरिका जाने सम्भावना सकिएको छ ।