२४ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)  का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । प्रधानमन्त्री र नेता खनालबीच करिब एक घण्टाको छलफल पछिल्लो समसामयिक राजनीतिमा केन्द्रित भएको थियो ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड र खनालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।