२८ जेष्ठ २०८३, बिहिबार

कैलाश सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृतविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

सिरोहियाको नागरिकतामा कैफियत देखिएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । यसैबीच उहाँलाई बुधबार हिजो प्रहरीले हाजिरी जमानीमा रिहा गरिसकेको छ ।

२०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनु भएको पाइएको छ । उहाँका बुबा स्वर्गिय घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै सिरोहियाले नागरिकता बनाउने क्रममा बसोबास गर्दै आएको वडाभन्दा अर्के वडाबाट सिफारिस लिएको समेत पाइएको छ ।