
काठमाडौं, १७ जेठ । इन्टर मियामी अमेरिकन लिग सकरअन्तर्गतको खेलमा पराजित भएको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-१ गोल अन्तरले परजित भएको हो ।
एटलान्टाको जितमा साबा लोब्जहान्डलजेले २ गोल गरेका थिए भने जर्नल थियरेले एक गोल गरेका थिए ।
त्यस्तै, इन्टर मियामीका लागि एक गोल लियोनेल मेसीले गरेका थिए ।
इन्टर मियामीको यस सिजनमा यो तेस्रो हार हो । १७ खेलमा ३४ अंक हासिल गरेको इन्टर मियामी शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै, एटलान्टाको भने यो १५ खेलमा चौथो जित हो । १५ खेलमा १६ अंक हासिल गरेको एटलान्टा लिगको १२औं स्थानमा रहेको छ ।








प्रतिक्रिया