
काठमाडौं, १७ जेठ । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाएको घोषणा गरको छ ।
बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो । ५९ वर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन ३० जुन, २०२६ सम्मको लागि सम्झौता गरेको जानकारी दिएको छ ।
फ्लिक यसअघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खाली रहेका थिए ।
यसअघि गत शुक्रबार बार्सिलोनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।









प्रतिक्रिया