५ असार २०८३, शुक्रबार

टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई एक रजत र पाँच कास्य

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ । श्रीलंकाको क्यान्डीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जानकारी दिनुभयो ।

यु-१९ छात्रा डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत पदक जिते । यु-१९ टिम इभेन्टको छात्रमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा छात्रामा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कास्य पदक हात पारेका हुन् ।

यु-१५ को छात्रा सिङ्गल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कास्य पदक प्राप्त गरे ।