२३ जेष्ठ २०८३, शनिबार

न्यूरोडको भत्काएको सडक दुई दिनभित्र मर्मत गर्न बालेनलाई निर्देशन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । काडमाडौं महानगरपालिकालाई सडक डिभिजन कार्यालयले न्यूरोडको भत्काएको सडक दुई दिनभित्र मर्मत गर्न निर्देशन दिएको छ ।

महानगरपालिकालाई पत्राचार गर्दै विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको भन्दै मर्मत गर्न निर्देशन दिएको हो ।

मर्मत नगरे कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

‘नेपालको प्रचलित कानूनभन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा महानगरपालिकालाई विदितै छ’, पत्रमा भनिएको छ, ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापन गरिदिनुहुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत अनुरोध छ ।’

न्यूरोडमा फुटपाथ बढाउने भन्दै महानगरपालिकाले सडक भत्काएको थियो ।