७ असार २०८३, आइतबार

महिलालाई नेतृत्व दिने सवाल अझै ओझेलमा : अष्टलक्ष्मी शाक्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताउनु भएको छ ।

आज काठमाडौँमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताउनु भएको हो ।

उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको धारणा राख्नुभयो ।