सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

नेपाली मूलका हरि श्रेष्ठद्वारा ब्रुसेल्सको सांसद पदमा उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८१ जेठ १६ गते १८:१८

-सृजना कार्की थापा

बेल्जियम, १७ जेठ । बेल्मियममा बसोबास गर्दै आउनुभएका नेपाली मूलका हरि श्रेष्ठले ब्रुसेल्सको सांसद पदको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपालमा काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–४ का श्रेष्ठ विगत २० बर्ष देखि बेल्जियमको ब्रुसेल्समा स्थायी रूपमा बसोबास गर्दै आउनु भएको छ । उहाँ सामाजिक अभियान्ताका रूपमा पनि ब्रुसेल्सपमाम परिचित हुनुहुन्छ भने खेलकुद क्षेत्रमा पनि उत्तिकै रूची राख्नुहुन्छ ।

उहाँले खेलकुद क्लब नै दर्ता गरेर क्लबबाट नेपाली समुदायका बिशेष गरेर बालबालिका युवा र अभिभाबकहरुलाई खेल र त्यसको महत्व बुझाउँदै प्रतियोगीताहरू आयोजना गर्दै आउनु भएको छ ।

ब्रुसेल्स संसदमा ८९ जना सांसदहरू चयन हुनुहुने छ । जसमा १३औँ नम्बरमा उहाँ सांसदको लागि उम्मेदवार चयन हुनुभएको हो । केहि दिनभित्रै निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित