२५ जेष्ठ २०८३, सोमबार

सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरुको प्रदर्शन (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्वकप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उहाँका समर्थकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दूतावासलाई दबाव दिन विरोध प्रदर्शन गरेका हुन् ।

लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी दिए । उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उहाँलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहलहुनुपर्ने माग गरे ।

सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।