
पोखरा, १६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएको छ ।
काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।








प्रतिक्रिया