२ असार २०८३, मंगलबार

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । यो खेल शनिबार हुनेछ ।