३२ असार २०८३, बिहिबार

वडा अध्यक्ष कप फुटबलको उपाधि फ्रिडम ब्रदर्शलाई

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ले तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’लाई १–० को झिनो गोलअन्तरले पराजित गर्‍यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे । उपाधिसँगै फ्रिडम ‘ए’ले १ लाख नगद पुरस्कार पायो । उपविजेता चावहिल ‘बी’ ले ५० हजार नगद पुरस्कार हात पार्‍यो ।

काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित प्रतियोगितामा चावहिल ‘बी’का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृट खेलाडी घोषित भए । चावहिल ‘बी’का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् ।