२२ असार २०८३, सोमबार

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रवासी नेपाली मञ्च अमेरिकाको साधरणसभा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १५ जेठ । प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारणसभा क्यालिफोर्नियाको लस एन्जलसमा भव्यरुपमा सम्पन्न भएको छ ।

‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराकासाथ सम्पन्न भव्य कार्यक्रममा अमेरिकाभरका प्रवासी नेपाली मञ्चलाई माया गर्ने करिब १५ राज्यका गरी १ सय ५० जना र त्यस शहरमा बसोवार गर्ने नेपालीसमेत गरी ३ सय जनाको उपस्थिति रहेको थियो ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि रहनुभएको साधरणसभामा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, महादेश संयोजक ईश्वरी भट्ट, एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए सचिव दीपक सापकोटा, ज्ञानेन्द्र गुरुङ, जनसम्पर्क समिति अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनका एलएका अध्यक्ष रामेश्वर भण्डारी, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार यमुना भट्टराई, इन्जिनियर कुलमणि आचार्य, राजेन्द्र शिवाकोटी, यमुना भट्टराई, डा. निर्मल पौड्यालले आर्थिक उपार्जनका विषयमा केन्द्रित रहेरकार्यपत्र प्रस्तुती गरी छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एमाले उपमहासचिव ज्ञवालीले नेपालको विकासको पहिलो शत्रु अर्थराजनीति रहेको बताउनुभयो । उहाँले नेपालको बाह्य शक्तिसँग सन्तुलनका बारेमा पनि आफ्नो धारणा राख्नुभयो । उहाँले आज नेपाल निकै गहिरो आर्थिक मन्दीको चक्रमा परेको, देशको हवाई अड्डामा देखिएका समस्या, ठूला(ठूला सुनकाण्ड, अदालतमा देखिएका समस्यालगायत विविध विषयहरूमा आफ्नो धारणा राख्नुभयो । नेपालमा रहेका प्राकृतिक स्रोतहरूबाट देश विकासको पूर्वाधार बनाउनु पर्ने पनि बताउनुभयो । साथै उपमहासचिव ज्ञवालीले बाह्य सन्तुलन, देशको अर्थतन्त्र लयमा फर्काउनु पर्ने, सुशासन, जातीय अतिवाद, लोककल्याणकारी राज्य, सामाजिक न्याय सम्बन्धी विविध विषयमा प्रशिक्षणसहित आफ्नो धारणा राख्नुभएको थियो । देशको आर्थिक विकासमा सबैसँग हातेमालो गर्ने एमालेको नीति रहेको चर्चा गर्नुभयो ।

नागरिकताका सवालमासमेत उहाँले गैरआवासीय नागरिकता नियमावली संशोधनको बाटोमा लागेको र सबै सम्बन्धित निकायमा निर्देशन गरी सहज रूपमा आफ्नो सम्पतिको व्यवस्थापन एवं सुरक्षित लगानी गर्न पाउने व्यवस्था गरिने जानकारी दिनुभयो । नागरिकताको निरन्तरताको विषयमा संविधान संशोधनको विषय तत्कालका लागि जटिल रहेकोसमेत उहाँले बताउनुभयो ।

साथै उहाँले विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नका लागी विदेशबाटै मतदाता नामावलीमा नाम लेख्ने बारेमासमेत सल्लाहसहित अगाडि बढेको जानकारीसमेत गराउनुभयो ।

कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली नागरिकताले हाम्रो सबै आवश्यकता सम्बोधन हुन नसकेको भन्नुहुँदै नागरिकता सम्बन्धी विषयमा बंशजका आधारमा नागरिकताको निरन्तरतामा जानुपर्ने धारणा राख्नुभएको थियो ।

उद्घाटनपछिको बन्दसत्रमा अध्यक्ष कृष्ण लामिछानेले राजनीतिक प्रतिवेदन, सचिवबाट प्रगति प्रतिवेदन र आर्थिक विभाग प्रमुखबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । तीन वटै प्रतिवेदनलाई सुझावसहित पारित गरिएको छ ।

बन्दसत्रलाईसमेत सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि ज्ञवालीले एमालेले अब गर्ने काम, प्रदेश सरकारका बारेमा, पार्टीविरुद्ध चलाइएको प्रोपगाण्डाका बारेमा र सहभागिहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो । उपमहासचिव ज्ञवालीले देश र जनाताका लागि राम्रो काम गर्न र देश समृद्ध पार्न र नेपाली सुखी बनाउन २०८४ मा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव छवि पाण्डेले गर्नुभएको थियो । मुल व्यवस्थापन क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरञ्जीवी गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । दोस्रो साधारण सभा व्यवस्थापन संयोजक भीमप्रकाश ओली हुनुहुन्थ्यो ।

मञ्चको दोस्रो वार्षिक साधारण सभाले सात बुँदे लस एन्जलस घोषणापत्र जारी गरेको छ ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ:

१. कुनै पनि सङठनको मेरुदण्ड भनेको यसको सदस्यहरु भएको हुदा आगामी वर्ष हुने ओएनएफको चौथो अधिवेशन सम्ममा कम्तिमा १,००० पुर्याउने र सम्भव भएसम्मका राज्यहरुमा थप राज्य कमिटि निर्माण गरि सवै राज्य कमिटिहरुलाई अझ चलायमान गराउने।

२. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

३. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ र ओएनएफका सवै साथीहरुलाई ब्यबसायिक गतिविधिमा प्रोत्साहन गर्ने।

४. ओएनएफसङ युवा विद्यर्थीहरु लाई जोड्नको निमित्त एजिएमको अवसरमा हरेक वर्ष कम्तिमा ५ जना विभिन्न बिधाका अब्बल विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरुलाई ओएनएफसङ जोड्न शैक्षिक सहयोग (छात्रबृद्धि) प्रदान गर्ने ।

५. सवल प्रवासी, समृध्द नेपाल सुखी नेपालीको “ नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गर्दछ ।

६. हालसालै पारित गरिएको गैरआवासीय नागरिकता ऐनबाट प्राप्त गरिएको गैर आवासीय नेपाली नागरिकताले राजनीतिकबाहेक सम्पूर्ण आधिकार दिने भनिए पनि अन्य कानुनी जटिलता आएको हुँदा त्यसलाई समाधान गर्न प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले अन्य संगठनहरुसंग पनि सहकार्य गरी तुरुन्त पहल गर्नको लागि अनुरोध गर्दछ ।

७. नेपालको संविधान २०७२ मा सार्क राष्ट्र वाहेकका मुलुकमा वस्ने र उक्त मुलुकको नागरिकता प्राप्त गरेकाहरुलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सहितको गैर आवसिय नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्ने उल्लेख गरिएकामा उक्त नागरिकतावाट प्रवासी नेपालीहरुको अधिकार संकृचित गरिएको, सम्पति माथिको पुर्ण अधिकार र नेपाल प्रवेश गर्दा भिषा समेत पनि नलगाई प्रवेश गर्ने नसकिने हुनाले यो अधिवेशको हल नेपाली नागरिकताको निरन्तरताको जोडदार माग गर्दछ ।