८ असार २०८३, सोमबार

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग सहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो ।

लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गर्नु भएको हो । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ ।

भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गर्नुभएको छ । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ ।