१ श्रावण २०८३, शुक्रबार

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी हुनुहुन्छ ।

पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।