२ असार २०८३, मंगलबार

महजोडीले किन मागे माफी ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी माग्नुभएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उहाँहरुले दर्शकसामु माफी माग्नुभएको हो । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै माफी माग्नुभएको हो ।

एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहनुभएका उहाँहरुले भिडिओ सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ । नबोलेको भए पनि हुने थियो ।’ श्रेष्ठले भन्नुभएको छ ।

‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो । बोलेर गल्ती गरियो, यति धेरै वर्ष माया गरिदिनु भयो । अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला ।’ आचार्यले भन्नुभएको छ ।

केहीदिनअगाडि नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्षमा उहाँहरुले अभिव्यक्ति दिनुभएको थियो । अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महजोडीले माफी माग्नुभएको हो ।