
कोलम्बो, १४ जेठ । वन्यजन्तु अधिकारीहरूले श्रीलंकामा आइतबार सात जवान हात्तीको शव पारेका छन् । यसलाई पाँच वर्षमा जनावरहरूको सबैभन्दा ठूलो क्षति भएको मानिएको छ ।
दक्षिण पश्चिम मनसुनको सुरुआतका कारण राजधानी कोलम्बोबाट करिब दुई सय ५० किलोमिटर उत्तरपूर्वमा डिम्बुलागलामा हात्तीहरूको बासस्थानमा बाढी आएको एक अधिकारीले बताएका छन् । एक क्षेत्रीय वन्यजन्तु अधिकारीले भन्नुभयो, ‘गाउँलेहरूले हामीलाई हिजो साँझ डुबेका तीन जवान हात्तीको बारेमा सूचित गरेका थिए तर हामी दलदल भएको क्षेत्रमा जाँदा थप चार वटा मरेका हात्ती फेला पार्यौँ ।’
उहाँले सोमबार सात वटै हात्तीको शव परीक्षण गरिने बताउनुभयो । यद्यपि प्रारम्भिक अनुसन्धानले ती हात्तीको दलदलमा डुबेर मृत्यु भएको देखाएको छ ।
सन् २०१९ मा मुलुकको उत्तर–मध्य क्षेत्रमा सात वटा हात्ती यस्तै मृत फेला परेका थिए । एक वर्षअघि सन् २०१८ मा पछिल्लो मृत्युको रिपोर्ट गरिएको क्षेत्रमा अन्य सात हात्ती डुबेर मरेका थिए ।
पछिल्लो आधिकारिक आँकडाअनुसार श्रीलंकामा जंगली हात्तीहरूको संख्या घटेर सात हजार मात्र भएको छ । गत शताब्दीको प्रारम्भमा यो संख्या अनुमानिनत १२ हजार थियो ।








प्रतिक्रिया