११ श्रावण २०८३, सोमबार

‘वार्म अप’ खेलमा आज नेपाल र क्यानडा भिड्दै

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । आइसीसी टी-२० विश्वकप अघिका वार्म अप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुँदैछ ।

नेपाल र क्यानडाबीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।