
काठमाडौं, १३ जेठ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बीच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गर्नुभएको थियो ।
सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर, यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया