६ असार २०८३, शनिबार

काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा लाग्यो : शंकर पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १३ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ ।

आज झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले मुलुकमा अहिले अस्थिरता रहेको बताउनुभएको हो । महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको उहाँको भनाइ छ ।

उहाँले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागिपरेको धारणा व्यक्त गर्नुभयो । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको उहाँको भनाइ छ ।

उहाँले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने स्पष्ट पार्नुभयो । अरुको सहारा बिना नेकपा (एमाले)को नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।