९ असार २०८३, मंगलबार

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्वामा दोषी ठहर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ ।